नियम २६
नियमित निरीक्षण

(१) कुनै पनि वायुयान उडान गर्नु अघि उक्त वायुयानको उडान तथा संचालनको निमित्त आवश्यक पर्ने सबै यन्त्र र सरसामानहरु ठीक अवस्थामा जडान भएका छन् भनी नियम ३२ को खण्ड (य) बमोजिम एअरक्राफ्ट मेन्टेनेन्स सर्टिफिकेट प्राप्त निरिक्षक वा नियम ४९ को उपनियम (२) बमोजिम मान्यता प्राप्त एअरक्राफ्ट मेन्टेनेन्स सर्टिफिकेट बाहक (निरीक्षक) ले निरीक्षण गरी प्रमाणित नगरेसम्म उक्त वायुयानको उडान गर्न हुँदैन ।
(२) उपनियम (१) बमोजिम वायुयानको नियमित निरीक्षण सम्बन्धी अन्य व्यवस्था एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।